दाङको तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ गैरापातुका ४० बर्षीय सम्शेर चलाउने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घर नजिकैको भजना खोला किनारमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मंगलबार साँझ पौने ७ बजेतिर उनको मृत्यु भएको हो ।

स्थानीय कमला विकको घरबाट विद्युत जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ४५ वर्षिय बल बहादुर बोहरा, ६२ वर्षका गोरे वली र १२ वर्षका बालक सन्तोष विक पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।