बाबुले नाबालक छोरालाई भिरबाट खोलामा फालेर हत्या गरेका छन् । बागलुङ नगरपालिका–३ को काठेखोलामा बालकको शव भेटिएको प्रहरीले बताएको छ ।

तारखोला गाउँपालिका घर भई बगलुङ नगरपालिका वडा नं. ३ बस्दै आएका केशव पुनले ६ वर्षका छोरा किस्मतलाई भिरबाट खोलामा फालिदिएका थिए ।
बुधबार राति पुनले छोरालाई खोलामा फालेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बागलुङबाट ११ जनाको उद्धार टोली काठेखोलामा जाँदा बालकको शव भेटिएको प्रहरी निरीक्षक सुनील चिलुवालले बताए ।
घटनास्थलबाट २ सय मिटरतल बालकको शव भेटिएको थियो । तत्काल प्रहरीले पुनलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको बताएको छ ।