आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा सवारी आवागमन बढेका छन्। दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै आ–आफ्नो घर गएका सर्वसाधारणहरू समेत फर्कन थालेपछि सवारी आवागमन बढेको हो।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ।