लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरकाे उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताउनु भएको हाे ।
स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने बताउनुभयाे । लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेकाे स्पष्ट पार्नु भयाे । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाकाे लागि लगानी बढाएकाे, देशकै ठूलो अस्पताल निर्माणकाे काम सुरु भएको जानकारी दिदै निराेगी प्रदेश बासि बनाउने अभियानमा सरकार रहेकाे बताउनु भयाे । कपिलवस्तुमा उद्घाटन भयाे डायलासिस सेन्टर कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलासिस सेन्टरको उद्घाटन गर्नु भएको हो । मृगौला फेल भएका बिरामीहरुलाई डायलासिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लागतमा डायलासिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलासिस सेन्टरले जनाएको छ । लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरूले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउनु भयो ।
अस्पतालका निर्देशक बरिष्ट मुटुरोग बिशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गर्नु भएको थियो ।