आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।