एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेकाे छ । ठूलाे वर्षापछि आएकाे बाढी र पहिराे प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएकाे एनसेलले जनाएकाे छ ।

विपद्काे समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज हाेस् भनेर निःशुल्क डाटा उपलब्ध गराएकाे विज्ञप्तिमा उल्लेख छ । निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेकाे अवस्थाकाे मूल्याङ्कन गरिरहेकाे र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएकाे छ ।