महँगो बनाएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।
गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाण्डौ–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ । काठमाण्डौ–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।