दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय बेलझुण्डी कार्यालयमा लागेको ताला करिब तीन महिना आठ दिनपछि खुलेको छ ।

संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला १५ दिनको निरन्तर वार्ता र छलफलपछि खुलेको हो । विश्वविद्यालयका तर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी सङ्गठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएको र ताला खोलिएको बताउनुभयो ।आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल बनाउन तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपीडी कक्ष तत्काल सञ्चालनमा ल्याउने, विद्यार्थीले पाउँदै आएको इन्टनशिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नवीकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमति भएको छ ।