नेकपा एमाले लमही नगरपालिका कमिटीकाे दाेस्राे अधिवेशनले रतनकुमार केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

उपाध्यक्षमा चेतनारायण चाैधरी, सचिवमा पवन शर्मा रिजाल, उपसचिवमा अनिता शर्मा र घनश्याम खनाल निर्वाचित हुनु भएको छ । अधिवेशनले लेखा समितिकाे संयाेजकमा शेषमणि अधिकारीलाई निर्वाचित गरेकाे छ । साथै अन्य सदस्यहरु समेत निर्वाचित भएको घाेषणा गरिएको छ । पार्टी महासचिव शंकर पाेख्रेलले अधिवेशनकाे उद्घाटन गरेका थिए ।